डम्बर निदाल
डडेल्धुरा – घरखर्च जुटाउनका लागि गाउँगाउमा गएर परम्परागत सिप वाट बनाएका सामग्री बिक्रि गर्दै आएका छन् । डडेल्धुरा लगायत सुदुरपश्चिमका गाउँघरमा अहिले पनि अन्न भण्डारण लगायतका विभिन्न कामका लागी निंगालोका सामाग्री प्रयोग हुने भएकाले केही मात्रमा परम्परागत सिपले उत्पादन हुदै आएका निंगालोका सामाग्री प्रचलनमा रहेका छन ।
सुदुरपश्चिम प्रदेशका बिभिन्न गाउँठाउँमा गएर दलित समुदायका युवाहरुले परम्परागत सिपबाट निर्माण गरेका बाँस तथा निङ्गालोका समाग्रीहरु विक्रि गर्ने गरेका छन् ।
घरमा अन्न भण्डारणका लागी प्रयोग गरिने निङ्गलो बाट बनेका विभिन्न सामग्री किनमेल गर्नका लागी गाउँ डुल्ने गरेका हुन् । डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा दलित समुदायले परम्परागत सिप बाटै निङ्गलोका सामग्री भकारी बनाई बेच्ने गरेका छन ।
कुनै स्थानमा बाँसका सामाग्रीहरु बनाईने भए पनि बाँस भन्दा निङ्गलो बाट बनेका सामाग्री बढी टिकाउ हुने भएकाले डडेल्धुराका स्थानियहरुले अन्न भण्डारका लागी निङ्गालोका सामाग्री बनाई विभिन्न गाउँ ठाउमा पुगी बेच्ने गरेका छन ।
उनिहरुले परम्परागत रुपमा नै निङ्गलोका भकारी (डुरो) संगै, डोको, सुप्पो, छापरी लगायतका विभिन्न कृषि औजार उत्पादन गरी बिक्रि वितरण गर्ने गरेका छन । बर्खे अन्न बाली भित्र्याउने यो समयमा प्रायः धान, कोदो भण्डारणका लागी भकारी (डुरो) बनाई बिक्रि गर्ने गरेको स्थानिय कृष्ण कैनीले बताए । मध्य तथा उच्च पहाडी घना जंगलमा पाईने निङ्गलो काटेर ल्याई सके पछि यहाँका केही दलित समुदायले निङ्गलो बाट बनेका सामग्रीमा मुख्य बाली धान, गहु, कोदो भण्डारण गर्न प्रयोग गरिने भकारी (डुरो) बनाउने गर्दछन । अमरगढी–७ पोखरा तिलाडीका पार्की कैनी समुदायका स्थानियले अहिले निङ्गालोको भकारी (डुरो) बनाई छिमेकी जिल्ला डोटी संगै तराईका जिल्ला कैलाली, कञ्चनपुर सम्म पु¥याई बिक्रि गर्ने गरेका छन ।
भदौ असोजमा जंगल बाट निङ्गलो काटेर ल्याई सके पछि सामाग्री बनाईन्छन । अन्न भण्डारणको समय पनि हुने भएकाले प्रत्येक बर्ष यो समयमा भकारी (डुरो) लगायत समय अनुसारका सामग्री बनाई बिक्रिका लागी खास गरी डडेल्धुरा, डोटी जिल्लाका विभिन्न गाउँ गाउँमा पुग्ने गरेको उनको भनाई छ । एक भकारी (डुरो)मा दुई कुण्टल भन्दा बढी अन्न भण्डारण गर्न सकिन्छ । उनले भने, गाउँ गाउँ पुगी घरमै गएर तिन हजार देखि चार हजार सम्ममा एक भकारी (डुरो) बेच्ने गरेका छौ । परिवर्तित समय संगै अन्न, पशुचौपाया संग साटासट हुने सामाग्री पछिल्लो समय नगद रुपैयामा नै कारोबार हुने गरेको छ ।
अब हिउदे खेती गहु छर्ने समय पनि आउन लागेकाले खेतबारीमा गाई गोरुको मल (पर्साे) बोक्न डोकोे पनि बिक्रि हुने र मल (पर्साे) बोक्ने एक डोको तिन सय र घाँस काट्न प्रयोग हुने अलि ठुलो डोको लाई पाँच सय भन्दा बढीमा बिक्रि हुने र चाँड पर्वका समयमा निङ्गालोका सामाग्री बनाई बिक्रि गरी घर खर्च तथा चाँडबाँड मनाउन गरेको स्थानिय जोग पार्कीले बताए ।
निङ्गालोका सामाग्री व्यवसायिक रुपमा उत्पादन गर्न तथा शिप विकास संगै बजार प्रवद्र्धनका लागी विभिन्न संघ संस्थाले समय समयमा सहयोग गरे पनि त्यो स्थाई रुपमा सञ्चालन हुन नसकेको उनको भनाई छ । बाँस तथा निङ्गलोका अन्य सामाग्री ¥याक, फोटो फ्रेम, मुर्ति, बेन्च, टेबुल, कुर्सी बनाउन तालिम दिए पनि स्थानिय नै जागरुकता नदेखाउदा व्यवसायिक हुन नसकेको उनले बताए ।
पछिल्ला बर्षहरुमा जंगलमा पनि प्रशस्त मात्रामा निङ्गालो नपाउनु तथा बढ्दै गएको बजारीकरणले प्लाष्टिक, जस्ता, स्टिल लगायतका सामाग्री प्रचलनमा आउनाले निङ्गालोका औजार सामाग्री व्यवसायिक बन्न नसकेको स्थानियको बुझाई छ ।