पाइलट विजय लामा कोरोना संक्रमण मुक्त

काठमाडौँ- वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त भएसँगै उनी ललितपुरस्थित स्टार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । १८ दिनसम्म अस्पतालमा रहेका लामा बिहीबार निको भएर डिस्चार्ज भएका हुन्। उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दु:ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ’, उनले भनेका छन्, ‘यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’ उनले कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने स्टार अस्पतालका नर्स र डाक्टरहरुलाई सम्झिँदै कुशल चिकित्सकीय उपचारको पनि प्रशंसा गरेका छन्। उनले आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन्।

‘नेपाल र विश्‍वका अन्य भागहरूबाट मेरा लागि गरिएका प्रार्थना र प्रेमले मलाई कोरोनासँग लडिरहन असीम बल प्रदान गर्यो’, उनले भनेका छन्, ‘ती सबै प्रार्थना र शुभेच्छाले मलाई मिलेको हौसला र ऊर्जाका कारण अस्पतालबाट डिस्चार्ज हुँदैछु।’

सिफारिस

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

धेरै पढिएको