काठमाडौं- काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १२८० जना, भक्तपुरका १९६ जना र ललितपुरका १६२ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १४७३९ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा ९४३ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप २७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हलसम्म संक्रमित हुनेको ८२४५० संख्या पुगेको छ।
