भक्तपुरमा बसभित्र किशोरीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

काठमाडौँ – लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ। भक्तपुर नगरपालिका ८ मा शुक्रबार सार्वजनिक सवारी साधनभित्र किशोरीको बलात्कार भएको हो। बा ३ ख २६१२ नम्बरको बसमा लठ्ठिने औषधि खुवाएर बलात्कार गरेको आरोपमा उक्त बसका चालक र सह-चालक पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी केशव थेबेका अनुसार गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका-१० का २२ वर्षीय निरकुरमार खड्का र सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने सह-चालक २१ वर्षीय सूर्य श्रेष्ठ पक्राउ परेका हुन्।

अर्को एकजना भने फरार छन्। उनको खोजी भइरहेको डीएसपी थेबेले जानकारी दिए। प्रहरी अनुसन्धानबाट शनिबार बिहान ११ बजेदेखि बेलुका ९ बजेसम्म बसभित्र युवतीको बलात्कार भएको थियो।

डीएसपी थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर लठ्ठिने औषधी खुवाएर सुरुमा शुक्रबार जबरजस्ती गरेको खुलेको छ। उनले जबरजस्ती गरेपछि उनका साथीको जिम्मा लगाएको प्रहरीले बताएको छ।

शनिबार बसभित्र घटना भएको देखेपछि अन्य चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे शनिबार राति १०:३० बजे प्रहरीले थाहा पाएको थियो। थाहा पाए लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ।

सिफारिस

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन्...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

धेरै पढिएको