इण्डियन प्रिमियर लिग (आईपीएल)मा आजको पहिलो खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। खेल युएईको सारजँहामा केहीबेरमा सुरु हुँदैछ।
जारी प्रतियोगितामा रोहित शर्माको कप्तानीमा रहेको मुम्बई चार खेलबाट चार अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ। डेविड वार्नरको कप्तानी रहेको सनराइजर्सको पनि चार खेलबाट चार अंक नै रहेको छ।
रनरेटको आधारमा सनराइजर्स मुम्बईभन्दा एक स्थान मुनि चौथो स्थानमा छ।