काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला दशैंका लागि यात्रा नगर्न आग्रह गरेका हुन्।
यस्तै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । नेपालमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा बढिरहेको छ।
