लागु औषधका कारण महिला हिंसा

डम्बर निदाल
डडेल्धुरा – लागु औषधका कारण महिला हिंसा बढ्नुका साथै किशोरीहरुले सुरक्षित हुने बाताबरण नपाउँदा महिला हिंसाका श्रृंखलाहरु बढेको सरोकारवालाहरुले बताएका छन ।  किशोरी संरक्षण मञ्च डडेल्धुराको आयोजनामा गरिएको अन्र्तक्रिया कार्यक्रममा महिलाहरु त्यसमा पनि वालवालिका र किशोरकिशोरीहरु घरेलु तथा उचित बाताबरण र नैतिक शिक्षाको अभावमा आफन्तबाट नै असुरक्षित बन्दै गएको औंल्याएका छन ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय कर्ण बहादुर मल्लको प्रमुख आथित्यता र अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझा, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला बिशिष्ट अथिति रहेको किशोरी संरक्षण तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा समाजमा देखिएका अधिकांश बिकृति बिसंगति हत्या बलात्कार दुब्र्यसन र दुर्घटनाहरु मदिरा सेवन तथा लागु औषधका कारण भईरहेकोले अपराधजन्य कारण बन्ने यस्ता विषयमा स्थानीय तह लगायत नागरिक समाज तथा सराकारवाला निकायको ध्यान जानु पर्ने बताएका छन ।

उक्त कार्यक्रमका बिशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी बास्तोलाले अहिले समाज बिकृत मात्र भईरहेको छैन मानविय मूल्य मान्यता र अस्तित्वको संकटमा रहेको भन्दै मान्छेका दैनिक क्रियाकलाप व्यवहार सोच र संस्कारमा भर पर्ने भएकोले सबै जिम्मेवार हुनु पर्ने भन्दै नागरिकले जघन्य अपराध नियन्त्रणमा साथ दिए प्रशासन, प्रहरी, आम जनताको साथमा सदैव रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसै गरि बिशिष्ट अथिति नगरप्रमुख विश्वेश्वर प्रसाद ओझाले प्रबिधिको विकास सँगै केहि बिकृती र विनाशका सूचकहरु पनि देखिएकाले महत्वपूर्ण यस्ता प्रकृतिका कार्यक्रमलाई प्राथमिकता दिदै जानु पर्ने र पूर्बाधार विकास भन्दा सामाजिक विकास र नागरिक सुरक्षाका कार्यक्रमलाई आफूले पनि जोड दिने प्रतिबद्धता व्यक्त गर्दै मञ्चले अघि सारेको अभियानको सफलताको शुभकामना पनि दिनु भयो ।

साथै समाज बिकृत हुनुमा देशको राजनीति पनि दोषि छ, संबिधान नागरिक अधिकारका लागि मैत्रीपूर्ण भए पनि व्यवहारमा जनताका समस्या परिबर्तनमुखि दिशामा जान नसक्दा यसको असर किशोरकिशोरी लगायत भावी पिंढीमा परेको वास्तविकता बिडम्बनापूर्ण रहेको उनले बताए ।
कार्यक्रममा प्रमुख अथिति तथा सभाषद् कर्ण बहादुर मल्लले अभियानको सफलताको शुभकामना सहित जनताका आम मनोबिज्ञान सभ्य शिष्ट र सकारात्मक बनाउन सबै नागरिकहरु लक्षित सचेतना फैलाउन जरुरी रहेको बताउँदै स्थानीय सरकारले पनि समाज रुपान्तरणका लागि धेरै काम गर्न सक्छन र आर्थिक,श्रोतसाधन संभावना र पहुँच भएकोले ईच्छाशक्ति देखाउन आग्रह पनि गरेका छन ।

किशोरी संरक्षण मञ्च डडेल्धुराका अध्यक्ष देवकी जोशीको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा समाजमा सुखशान्ति सुरक्षाको प्रत्याभूति, अमनचयन, समतामूलक विकासका लागि अभियानको रुपमा संचालन भएको किशोरी संरक्षण कार्यक्रम सराहनिय भएको भन्दै किशोरकिशोरी अभिभावकलाई सचेतना अभिमुखिकरण गर्नु पर्ने, कानूनी साक्षरता र नैतिक शिक्षाको अभावमा बिकराल रुप लिईरहेको सामाजिक अपराध न्यूनिकरण गर्ने कार्यक्रमहरु स्थानीय तहले तर्जुमा गरि योजनाबद्ध रुपमा अघि बढे मात्र नियन्त्रण हुने कुरामा जोड दिएका छन ।

सिफारिस

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

पोखराको पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न...

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका...

धेरै पढिएको