काठमाडौँ – केही दिनको स्थगनपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति दिने सेवा पुन: सुरु गरेको छ।
एक कर्मचारीमा कोरोना संक्रमण देखिएछि कार्यालयले गत बुधबारदेखि श्रम स्वीकृतिलगायत सबै सेवा बन्द गरेको थियो।
आज (सोमबार) देखि श्रम स्वकृति दिने सेवा पुनः खुला गरिएकाे कार्यालयले जनाएकाे छ।