काठमाडौं – नेपाली बजारमा आज सोमवार सुनको मूल्य घटेको छ।
सोमवार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।
चाँदीको भाउ भने स्थीर रहेको छ । चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँ कायम नै रहेको छ ।