उपत्यकासहित देशका विभिन्‍न भागमा लोडसेडिङको झल्को दिनेगरी किन जान्छ बिजुली ?

काठमाडौं – पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भागमा बिजुली जाने क्रम बढिरहेको छ । लामो समयसम्म विद्युत् नहुँदा कतिपय सर्वसाधारणलाई पुनः लोडसेडिङ्‍को झल्को पनि गराउने गरेको छ । तर, यसरी पटक-पटक बत्ती गइरहेको कारण भने बेग्लै छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उपत्यकासहित देशका विभिन्‍न भागमा मर्मतको काम भइरहँदा विद्युत् आपूर्तिमा समस्या देखिएको हो । “अहिलेको समय भनेको मर्मत-सम्भार गर्ने हो । चाडपर्वका बेलामा नियमित विद्युत् आपूर्तिमा समस्या नहोस् भनेर विगत वर्षमा पनि यस्तै मर्मत गरिन्थ्यो । अहिले पनि त्यही गरिएको हो,” प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भने । यसलाई लोडसेडिङ भएको भनेर नसोच्‍न पनि उनले आग्रह गरे । “यो लोडसेडिङ कदापि होइन, मर्मत गर्दा यस्तो भएको हो ।”

उनले मर्मतका क्रममा एक घण्टाभन्दा बढी समय विद्युत् अवरुद्ध हुने देखिए त्यसमा सूचना दिन प्राधिकरण प्रमुखको निर्देशन रहेको उनले बताए । साथै उनले लामो समयसम्म विद्युत् अवरुद्ध हुने भए सूचना सार्वजनिक गर्दै आएको पनि बताए । अहिले विद्युत्‌को माग र आपूर्ति समान रुपमा रहेको भन्दै लोडसेडिङ हुने भन्ने कुनै सम्भावना नै नरहेको पनि उनले दाबी गरे । प्राधिकरणले ट्रान्सफर्मर अपग्रेड गर्ने र विद्युत्‌को पोल फेर्ने कामसहित अन्य ममर्तको काम देशैभर भइरहेको जनाएको छ ।

सिफारिस

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

धेरै पढिएको