एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अघि बढाउन उपप्रमुख खड्गीको संयोजकत्वमा कार्यदल

काठमाडौं – काठमाडौंको एकीकृत फोहोरमैला व्यवस्थापन परियोजनाको प्रक्रिया अघि बढाउन महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन भएको छ । असोज १९ गते महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सभा गृहमा बसेको ५१ औ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कार्यदलको सदस्यमा वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोल, वडा ४ का अध्यक्ष मोहन बिष्ट र सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत हुनुहुन्छ । कार्यदलको सदस्य सचिवमा वातावरण व्यवस्थापन बिभागका प्रमुखले काम गर्नुहुनेछ ।

‘लगानी बोर्डबाट थालनी भएर महानगरमा फाइल आएको यो परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ? सरोकारवालासँग कुरा गर्न, विकासकर्तासँग सर्तमा सहमति गर्न र प्रक्रियालाई टुङ्गोमा पु¥याउन जिम्मेवारी तोकेर निरन्तर काम गर्नुपर्ने भएकोले उपप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।’ बैठकका अध्यक्ष एवं महानगरका प्रमुख शाक्यले जानकारी गराउनुभयो ।

काठमाडौं उपत्यकाको एकीकृत फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्र सहभागी गराउन लगानी बोर्डबाट अघि बढेको प्रक्रिया २०७५ साउन १ गते प्रधानमन्त्री के. पि. शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ३१ औं बैठकले बिकासकर्तासँगको परियोजना बिकास सम्झौता स्वीकृत गरेको थियो । यस अघि २०७४ फागुन २४ गते निजी क्षेत्रलाई काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको जिम्मा दिने लगानी वोर्डका तत्कालीन प्रमुख कार्यकारी महाप्रसाद अधिकारी र निजी क्षेत्रकोतर्फबाट नेपवेष्टकी अध्यक्ष संगीता श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अन्तिम सम्झौताका लागि ट्रान्सफर स्टेशन प्राप्ति, जनशक्ति व्यवस्थापनलगायत केही बिषयमा दुई पक्षका वीचका केही सर्तमा सहमति जुटाउन बाँकी छ । यो चरणमा लगानी बोर्डबाट फाइल महानगरमा आएको हो ।
कार्यपालिका बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले परियोजना शुरु भएदेखि अहिलेसम्म भएका प्रयास, यसका सम्भावना र चुनौतीका बिषयमा प्रस्तुति गर्नुभएको थियो । आजै निर्णय गरेर खुरुखुरु काम गर्ने हो सम्झौताको चरणमा पुग्न ९ महिना लाग्छ, उपाध्यक्ष बस्नेतको भनाइ थियो ।

बैठकले सामाजिक विकास बिभागले प्रस्ताव गरेको लक्षित बर्ग व्यवस्थापन निर्देशिका तयार पार्न सैद्धान्तिक सहमति दिएको छ । यसैगरी कृषि बिभागले प्रस्ताव गरेको प्राङ्गारिक कृषि उपज प्रवर्धन कार्यक्रमको कार्यान्वयन कार्यबिधि, बजार निरीक्षण तथा अनगमन कार्यबिधि, विषादि अवषेश बिश्लेषण कार्यक्रम सञ्चालन निर्देशिकाका लागि सहमति दिएको छ । यसैगरी वित्त बिभागले प्रस्ताव गरेृको काठमाडौ ंमहानगरपालिका आर्थिक प्रशासन नियमावली र राजस्व बिभागले प्रस्ताव गरेको विद्युतीय माध्यमबाट राजस्व निर्धारण तथा संकलन प्रणालीमा विवरण भर्ने मार्गदर्शनका लागि सहमति दिएको छ ।
सहरी योजना आयोगले तयार पारेको सिल्भर भोलेन्टियर कार्यबिधि र महिला उद्यमशाला कार्यबिधिका बारे बैठकमा जानकारी गराइएको थियो ।

बैठकले नेपाल भाषाको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ््यक्रम यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसैगरी फुटकर जिन्सी सामाग्रीको दररेट स्वीकृत गरेको छ ।
पशुपति क्षेत्रमा ३ वटा शवदाह उपकरणसहित एउटा गृह निर्माण गर्ने निर्णय भएको छ । पशुपति क्षेत्र विकास कोषले शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने बैठकले निर्णय गरेको हो ।
बैठकमा कोभिड महामारी, रोकथाम र नियन्त्रणका लागि वडाबाट भएका प्रयास र अनलाइन प्रणालीबाट राजस्व निर्धारण तथा संकलन प्रणालीका सम्भावना र समस्याका बारेमा छलफल गरिएको थियो ।

महानगरले कोभिड १९ को परामर्श र बिशेषज्ञ सेवाका लागि संघ सरकारबाट चिकित्सक ल्याउन लागिएको छ । बैठकमा कोभिडका बारेमा उठेका प्रश्नको उत्तरमा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी गराउनुभएको थियो । अनलाइन राजस्व प्रणाली सञ्चालन शुरुवातको चरण भएकोले केही समस्या देखिएका छन् । थनशक्ति र श्रोत थपेरै भए पनि यसलाई सफल बनाउनु पर्छ । व्यक्तिको भौतिक उपस्थितिबिना काम हुने प्रणाली स्थापना गर्ने यो राम्रो अवसर पनि हो । उहाँको भनाइ थियो ।

बैठकमा महानगरका प्रवक्ता एव वडा १५ का अध्यक्ष ईश्वरमा डंगोल, वडा ३० का अध्यक्ष दलबहादुर कार्की, वडा २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा १२ का अध्यक्ष विकास डंगोल, ७ का अध्यक्ष शुद्धकुमार डंगोल र ५ का अध्यक्ष रमेश डंगोलले धारणा राख्नुभएको थियो । उहाँहरुको धारणा कोभिडको प्रभावकारी नियन्त्रण, अनलाइन प्रणालीको कार्यान्वयन, शैक्षिक कार्यक्रम र जनशक्ति व्यवस्थापनका बिषयमा केन्द्रीथ थियो ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको