विश्वकप क्रिकेट : भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा

एजेन्सी–  साविक उपविजेता न्युजिल्यान्ड  भारतविरुद्ध १८ रनको रोमान्चक जित हात पार्दै  इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको छ।

२ सय ४० रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा २ सय २१  रनमा सिमित भयो। आठौँ नम्बरमा आएका रविन्द्र जडेजाले ७७ रनको बहादुरी पाली खेलेपनि भारतले फाइनल यात्रा तय गर्न सकेन। महेन्द्रसिंह धोनीले पनि ५० रन जोडे। धोनी र जडेजाले सातौँ विकेटका लागि एक सय १६ रनको साझेदारी गरे। २५ रन जोड्दा चार विकेट गुमाएपछि भारत दबाबमा आएको थियो।

लयमा रहेका केएल राहुल , रोहित शर्मा र विराट कोहली एक एक रनमा आउट भए। दीनेश कार्तिकले ६ रन जोडे। न्युजिल्यान्डका म्याट हेनरीले ३ विकेट लिए। ट्रेन्ट बोल्ट र लकी फर्गुसनको नाममा समान २ विकेट रह्यो।

दोस्रो ओभरको तेस्रो बलमा रोहित म्याट हेनरीको बलमा एज लागेर क्याच आउट भए। पछिल्ला तीन खेलमा लगातार सतक बनाएका रोहितले जारी विश्वकपमा पाँच सतक बनाएर एकै विश्वकपमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाएका थिए।

त्यसपछि ब्याटिङमा आएका कोहली तेस्रो ओभरको चौथो बलमा ट्रेन्ट बोल्टको बलमा एलबिडब्लु धरापमा परे। चौथो ओभरको पहिलो बलमा राहुललाई हेनरीले क्याच आउट गराए। १० औँ ओभरको अन्तिम बलमा हेनरीले कात्तिकलाई क्याच आउट गराए।

४८ औँ ओभरको ५ औँ बलमा जडेजालाई बोल्टले सातौँ विकेटका रुपमा  आउट गरेपछि भारत थप संकटमा परेको थियो। चार बलपछि धोनी पनि रनआउटको शिकार भएका थिए।

यसअघि न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ३९ रन जोड्यो। न्युजिल्यान्डका रोस टेलरले ७४ र कप्तान केन विलियम्सनले ६७ रन बनाए।   हेनरी निकोलसले २८, कोलिन ग्रेयन्धोमले १६ र जेम्स निसामले १२ रन जाेडे।

वर्षाले खेल रोकिएपछि न्युजिल्यान्डले ४६.१ बलमा २११-५ को स्थितीबाट बुधबारको खेल अगाडि बढाएको थियो।

बलिङतर्फ भारतका भुवनेश्वर कुमारले तीन तथा जसप्रित बुमराह, हार्दीक पाण्ड्या, रवीन्द्र जडेजा र युवेन्द्र चाहलले एक–एक विकेट लिएका थिए।

न्युजिल्यान्डले इङ्ल्यान्ड र अस्ट्रेलियाबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

सिफारिस

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

धेरै पढिएको