विश्वकप क्रिकेट : भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा

एजेन्सी–  साविक उपविजेता न्युजिल्यान्ड  भारतविरुद्ध १८ रनको रोमान्चक जित हात पार्दै  इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल यात्रा तय गरेको छ।

२ सय ४० रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा २ सय २१  रनमा सिमित भयो। आठौँ नम्बरमा आएका रविन्द्र जडेजाले ७७ रनको बहादुरी पाली खेलेपनि भारतले फाइनल यात्रा तय गर्न सकेन। महेन्द्रसिंह धोनीले पनि ५० रन जोडे। धोनी र जडेजाले सातौँ विकेटका लागि एक सय १६ रनको साझेदारी गरे। २५ रन जोड्दा चार विकेट गुमाएपछि भारत दबाबमा आएको थियो।

लयमा रहेका केएल राहुल , रोहित शर्मा र विराट कोहली एक एक रनमा आउट भए। दीनेश कार्तिकले ६ रन जोडे। न्युजिल्यान्डका म्याट हेनरीले ३ विकेट लिए। ट्रेन्ट बोल्ट र लकी फर्गुसनको नाममा समान २ विकेट रह्यो।

दोस्रो ओभरको तेस्रो बलमा रोहित म्याट हेनरीको बलमा एज लागेर क्याच आउट भए। पछिल्ला तीन खेलमा लगातार सतक बनाएका रोहितले जारी विश्वकपमा पाँच सतक बनाएर एकै विश्वकपमा सर्वाधिक सतक बनाउने ब्याट्सम्यानको कीर्तिमान बनाएका थिए।

त्यसपछि ब्याटिङमा आएका कोहली तेस्रो ओभरको चौथो बलमा ट्रेन्ट बोल्टको बलमा एलबिडब्लु धरापमा परे। चौथो ओभरको पहिलो बलमा राहुललाई हेनरीले क्याच आउट गराए। १० औँ ओभरको अन्तिम बलमा हेनरीले कात्तिकलाई क्याच आउट गराए।

४८ औँ ओभरको ५ औँ बलमा जडेजालाई बोल्टले सातौँ विकेटका रुपमा  आउट गरेपछि भारत थप संकटमा परेको थियो। चार बलपछि धोनी पनि रनआउटको शिकार भएका थिए।

यसअघि न्यूजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय ३९ रन जोड्यो। न्युजिल्यान्डका रोस टेलरले ७४ र कप्तान केन विलियम्सनले ६७ रन बनाए।   हेनरी निकोलसले २८, कोलिन ग्रेयन्धोमले १६ र जेम्स निसामले १२ रन जाेडे।

वर्षाले खेल रोकिएपछि न्युजिल्यान्डले ४६.१ बलमा २११-५ को स्थितीबाट बुधबारको खेल अगाडि बढाएको थियो।

बलिङतर्फ भारतका भुवनेश्वर कुमारले तीन तथा जसप्रित बुमराह, हार्दीक पाण्ड्या, रवीन्द्र जडेजा र युवेन्द्र चाहलले एक–एक विकेट लिएका थिए।

न्युजिल्यान्डले इङ्ल्यान्ड र अस्ट्रेलियाबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको