खाने तेलमा १० प्रतिशत र दालमा १७ प्रतिशत मूल्य वृद्धि

काठमाडौं – पछिल्लो १० दिनयता खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । अन्तरराष्ट्रिय बजारमा नै मूल्य बढेपछि खुद्रा बजारमा समेत त्यसको प्रभाव परेर मूल्य वृद्धि भएको व्यवसायीहरुले बताउदै आएका छन् ।

करीब १० दिन अघिसम्म १ सय ५० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य विक्री भइरहेको भटमास तेलको मूल्य अहिले बजारमा १ सय ६५ रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ पर्ने सनफ्लावर तेल २ सय रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यसैगरी धारा तोरीको तेलमा प्रतिलिटर २० रुपैयाँले वृद्धि भई खुद्रा मूल्य २ सय २० रुपैयाँसम्म पर्ने गरेको छ ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यका अनुसार खानेतेलमा १० प्रतिशत र दाल तथा गेडागुडीमा १७ प्रतिशतसम्म मूल्य बढेको छ । बिस्कुट, दालमोठ, सोयाबिन, जामलगायत दैनिक उपभोग्य अन्य वस्तुको समेत मूल्य बढेको छ । दशैंसम्म अझै बढ्न सक्ने सम्भावना रहेको उनले बताए ।‘थोक बजारबाट नै मूल्य बढेर आएपछि हामीले पनि मूल्य बढाएर बेच्नु परेको हो,’ उनले भने ।

करीब १० दिनअघि प्रतिकिलो १ सय २० रुपैयाँ रहेको मसिनो मुसुरोको दालको खुद्रा मूल्यमा करीब १७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ४० रुपैयाँ पुगेको छ । मोटो मुसुरोको दालको मूल्यमा १५ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय २५ रुपैयाँ पुगेको छ । त्यसैगरी मासको दालको मूल्य पनि करीब ७ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँ पुगेको छ ।

सेतो केराउको खुद्रा मूल्यमा १० रुपैयाँ वृद्धि भई प्रतिकिलो ७० रुपैयाँबाट ८० रुपैयाँ पुगेको छ । ठूलो (मौसमी) चनाको मूल्य प्रतिकिलो १ सय ४० बाट १ सय ५० र सानो चनाको मूल्य प्रतिकिलो १ सय २० बाट १ सय ३० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले जनाएको छ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको