काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेर तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर अर्थात् प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । पछिल्ला केही दिनयता सुनको भाउमा निकै उचारचढाव हुँदै आएको छ ।