काठमाडौं – बाँकेमा दुई थान नलकटुवा पेस्तोल र पाँच राउन्ड गोलीसहित दुईजना पक्राउ परेका छन्। नरैनापुर गाउँपालिका–५ स्थित मटेहिया सर्वराजपुरुवाबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाउँ र नेपालगन्ज उपमहानगरपालिका–१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना छन्।
ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा हतियार र गोली फेला परेको हो। दुवैलाई हिरासतमा राखेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
