काठमाडौं – बुधबार साँझ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ । यूएईमा सम्पन्न उक्त खेलमा कोलकाता नाइट राइडर्सले चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गरेको हो । यससँगै कोलकाताले तेस्रो जित दर्ता गरेको छ ।
उक्त खेलमा कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नइले २० ओभर ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १६७ रन जोडेको थियो ।
खेलमा चेन्नइका लागि शेन वाट्सनले ५० रनको अर्धशतकीय पारी खेले भने अम्बाती रायुडुले ३० र रविन्द्र जडेजाले २१ रन बनाए । त्यस्तै बलिङतर्फत कोलकाताका लागि ५ खेलाडीले एक(एक विकेट लिए ।
ब्याटिङमा कोलकाताका लागि ओपनर राहुल त्रिपाठीले ८१ रन, सुभमन गीलले ११ रन, नितिश रानाले ९ रन, इयोन मोर्गनले ७ रन, सुनिल नारनले १७ रन, आन्द्रे रासेलले २ रन, दिनेश कार्तिकले १२ रन र पाट कमिन्सले १७ रन बनाए । त्यस्तै चेन्नईका लागि बलिङमा डवाने ब्राभोले ३ विकेट र अन्य ३ खेलाडीले दुई दुई विकेट लिए ।