काठमाडौँ – अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओली एक्लाएक्लै छलफल गरिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
‘उहाँहरु छलफल गरिरहनु भएको छ,’ उनले भने, ‘के के विषयमा छलफल भइरहेको छ भन्नेबारे खुलाइएको छैन।’ प्रधानमन्त्री ओलीले आजै रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको बुझिएको छ।
सोही विषयमा प्रचण्डसंग सहमति गरेर निर्णय गर्न छलफल भैरहेको स्रोतले जनायो।
