काठमाडौं – काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका २०८५ जना, भक्तपुरका १३५ जना र ललितपुरका ३२० जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १८४७३ जनाको पिसिआर परीक्षण गरिएको छ।
त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा १६८४ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।
यस्तै नेपालमा थप ४३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ९८६७४ पुगेको छ।
