आलिताल गाउँपालिकाद्धारा डडेल्धुरा अस्पताललाई १० लाख सहयोग

डम्बर निदाल
डडेल्धुरा -आलिताल गाउँपालिकाले डडेल्धुरा अस्पताल लाई १० लाखको चेक हस्तान्तरण गरेको छ ।
डडेल्धुरा अस्पतालमा संचालन भएको पिसिआर ल्याब संचालन तथा संकट समाधानका लागि आलिताल गाउँपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको हो ।

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको केन्द्र विन्दुमा रहेको डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण ल्याब स्थापना भई पिसिआर परिक्षण भईरहेको छ । कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्धेश्यले स्थापना गरीएकोे कोरोना परिक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्न र आवश्यक जनशक्ति ब्यवस्थापन गर्नका लागि आलिताल गाउँपालिकाले अस्पताललाई १० लाख रुपैया सहायता गरेको आलिताल गाउँपालिका प्रमुख बल बहादुर गुरुङले बताए ।

कोरोनाको महामारी शुरु भएसंगै डडेल्धुराका स्थानिय तहहरुले डडेल्धुरा अस्पतालमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्ने र उक्त प्रयोगशाला संचालनका लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए, सोही प्रतिवद्धता अनुसार अस्पताललाई १० लाख सहयोग गरेको आलिताल गाउँपालिकाले जनाएको छ ।

डडेल्धुरामा कोरोना परिक्षण ल्याब संचालनमा आएपछि डडेल्धुरा लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुको पिसिआर परिक्षण हुदै आएको र पछिल्लो समय अस्पतालले प्रदान गर्ने सेवा सुविधाहरुमा पनि सुधार हुदै आएको र अझै डडेल्धुरा अस्पतालको अन्य गुणस्तर सुधारका लागि स्थानिय तहबाट भएको आर्थिक तथा भौतिक सहयोगले थप उर्जा प्राप्त भएको छ र अझै अरु स्थानिय तहहरु वाट पनि सहयोगको आशा रहेको साथै स्थानिय तहहरुसंग सधै समन्वय र सहकार्य गरेर अगाडी बढ्ने अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।

जनस्तर बाट चन्दा संकलन गरि डडेल्धुरा अस्पतालमा गत असार १८ गते पिसिआर जाँच गर्ने मेसिन जडान गरिएको थियो । कोरोना परिक्षण प्रयोगशालालाई व्यवस्थापन र आवश्यक जनशक्तिको ब्यवस्थापन गर्न यहाँका सात वटै स्थानिय तहहरुले रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । यसअघि डडेल्धुरा अस्पताललाई अमरगढी नगरपालिकाले २० लाख र नवदुर्गा गाउँपालिकाले १० लाख र गन्यापधुरा गाउँपालिकाले १० लाख रकम उपलब्ध गराएका थिए ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको