उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह

काठमाडौं – नेपालमा बिहीबार कोरोना भाइरसबाट ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन्। यीमध्ये आधाभन्दा बेसी २ हजार ५ सय ४० जना काठमाडौं उपत्यकाका छन्। पछिल्लो १० दिनमा कोरोना संक्रमण झन्डै तेब्बरले बढेको हो। जब कि यही असोज १३ गते ९ सय ३४ जना संक्रमित भएका थिए। यसले झन्डै ५० लाख व्यक्तिको बसोबास रहेको उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह उन्मुख देखाउँछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना संक्रमित थपिएको जानकारी दिए। यही दरमा संक्रमण बढे उपत्यकाका अस्पतालमा शय्या र भेन्टिलेटर अभाव हुने देखिएको छ। प्रवक्ता डा। गौतमका अनुसार उपत्यकाका अस्पतालमा आईसीयू शय्या १ सय ८१ उपलब्ध रहेकामा ४५।३ प्रतिशत भरिएको छ। आईसीयूका ८२ वटा शय्यामा संक्रमितको उपचार भइरहेको छ।

गम्भीर अवस्थाका बिरामीको उपचारमा प्रयोग गरिने भेन्टिलेटरको पनि अभाव हुने सम्भावना बढेको छ। ७६ वटा भेन्टिलेटर उपलब्ध रहेकामा २७ वटा संक्रमितको उपचारमा प्रयोग भएको मन्त्रालयले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको