काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ९ सय रुपैयाँ बढेपछि शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
बिहीबार तोलामा २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्यसमेत बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।