मनसुनमा कसरी स्वस्थ रहने ?

मनसुन सुरु हुनै लागेको छ । मनसुनको बेला वर्षाको पानीमा भिज्न र पानी परेको दृश्य हेरर रमाउनुको आनन्द नै वेग्लै हुन्छ । अझ कतिपयलाई त वर्षाको पानीमा भिज्न पनि निकै मन पर्ने हुन्छ । तर, समस्या तब हुन्छ जब तपाईंको थोरै लापरबाहीले तपाईंलाई बिरामी बनाइदिन्छ।

त्यसैले मनसुनमा हुने समस्यालाई बुझ्न र तिनको समयमै निदान कसरी गर्ने भन्नेमा ध्यान दिनु आवश्क हुन्छ । मनसुनमा हाइजीनमा विशेष ध्यान दिनुपर्छ । किनकी घरको सरसफाईदेखि तपाईंको डाइटमा पनि यो मौसममा थोरै लापरवाहीले तपाईंलाई बिरामी पार्ने हुदा यसमा विशेष ध्यान दिनु पर्छ ।  खाना खानु भन्दा पहिले हात धुने  धेरैजसो स्वास्थ्य समस्या हातको फोहोरबाट नै हुने गर्छ ।

त्यसैले हात सँधै सफा राख्नु पर्छ । कुनैपनि फोहोर सामान छुने वित्तिकै हात धुनु पर्छ । साथै कुनैपनि खानेकुरा खानुभन्दा पहिले पनि सँधै नबिर्सिकन हात धुनु पर्छ । यति सम्म कि यदि तपाईं आफ्नो कपाल वा अनुहार पनि छुनुहुन्छ भने हात धोइहाल्नु पर्छ । यदि तपाईंलाई नङ पाल्ने रहर छ भने वर्षाको मौसममा त्यसलाई सकेसम्म निकै छोटो बनाएर राख्नुपर्छ । किनकी नङमा फसेको फोहोरले पनि तपाईंलाई बिरामी बनाउने कारण बन्न सक्छ ।  मनसुनमा के खाने ? तपाईं आफ्नो स्वास्थ्यलाई लिएर सँधै सतर्क हुनुपर्छ । जसका लागि तपाईंले मनसुनको समयमा के खाने भन्ने पनि जान्नुपर्छ ।

टर्रो र नुनिलो खानेकुरा यो मौसममा अत्यधिक सेवन गनुपर्छ ।  भात, महि, फिँटेको दहि, दूध, फर्सि, करेला, जीरा, अदुवा र काचो प्याजको सेवन गर्न सकिन्छ ।  पानी पर्ने मौसमा ग्यास्ट्रिक, अपच र पेटको समस्या बढि हुने हुदा बाहिरको र बासी खाना खानबाट जोगिनुपर्छ । आफ्नो खानामा सँधै भिटामिन ई र ओमेगा ३ लाई समावेश गर्नुपर्छ ।  कागति, आलुबखरा, सुन्तला, अमला, अम्मा जस्ता भिटामिन सी ले भरपुर खानेकुराको सेवन गर्नुपर्छ । यसले विभिन्न रोगबाट टाँढा राख्नमा मद्दत गर्छ । साथै छालालाई पनि फाइदा पुर्याउँछ र तपाईंलाई फ्रेश बनाउँछ ।  के नखाने ? हामीलाई सँधै सबैले रेसादार हरियो सागपात खान सबैले सुझाव दिने गर्छन् । तर मनसुनको समयमा यस्ता सागसब्जीबाट टाँढै बस्नु पर्छ ।

किनकी यस्ता तरकारीमा सेल्यूलोज हुन्छ जुन वर्षाको मौसममा राम्रो सँग पच्दैन । स्ट्रीट फूड र फास्ट फूड खानबाट बचौं  पहिलेदेखि काटेर राखिएको र खुला राखिएको फल बिलकुलै खानु हुँदैन  चर्को नुन भएको खाना वा अमिलो खानबाट जोगौं  अत्यधि चिल्लो, तारेको, फ्राई गरिएको खाना खानबाट जोगौं  भिजेको लुगा प्रयोग नगरौं  यदि तपाईं पानीमा भिज्नु भएको छ भने जति सक्दो चाँडो शरीरलाई सुक्खा लुगाले पुछ्नु पर्छ । विशेषगरी भिजेको अन्डरगार्मेन्ट्स लगाई राख्नु खतरनाक हुन सक्छ । यसले तपाईंलाई फंगल इन्फेक्शन हुन सक्छ । त्यसबाहेक जुत्ता, मोजालाई पनि सँधै सुक्खा र सफा नै प्रयोग गर्नुपर्छ ।

हप्तामा एकदिन जुत्तालाई घाममा सुकाउनु पर्छ  । यसले जुत्तामा भएको किटाणु नस्ट भएर जान्छ ।   घरको सरसफाईंमा विशेष ध्यान दिने  घरको वरिपरि पानी जम्न दिनु हुदैन । यसले लामखुट्टे र अन्य किटाणु उत्पन्न हुन सक्छ । घरलाई ओसिलो बन्नबाट जोगाउनुपर्छ । घरको कुनैपनि भागमा चर्केको छ वा पानी आउँछ भने त्यसलाई तुरुन्त ठिक गराइहाल्नुपर्छ । किनकी पानी लिकेज हुने ठाउँ वा पानी चुहिने ठाउँमा किटाणु पैदा हुने खतरा बढि हुन्छ ।

घरमा छिर्ने मुख्य ढोकामा डोरमेट राख्नुपर्छ । ताकि बाहिरबाट आउँदा जुत्ता वा चप्पलमा भएको हिलो वा फोहोर त्यसमा पुछिन्छ र किटाणु घरमा आउन पाउँदैन । साथै ढोका बाहिर जुत्ता चप्पल राख्ने र्याक पनि राख्नुपर्छ र बाहिर जाँदा प्रयोग हुने जुत्ता चप्पल भित्र ल्याउनु हुदैन । मनसुनमा भान्छा कोठालाई दुर्गन्धबाट जोगाउनु पर्छ । त्यसका लागि सँधै रुम फ्रेसनरको प्रयोग गर्नुपर्छ ।

भान्छामा साङ्ला आउन नदिनका लागि राति बेसिनको पानी जाने प्वालमा पेस्टिसाइड्सको प्रयोग गर्ने ।  छालमा पसिना जम्न दिनु भएन  मनसुनमा छालालाई स्वस्थ राख्नका लागि दिनमा दुई पटक साबुनले नुहाउने र सुक्खा तौलियाको प्रयोग गर्ने । एक अर्काको लुगा र तौलिया प्रयोग गर्नु हुदैन । छालामा पसिना जम्न नदिनका लागि सुक्खा टिस्यू पेपरको प्रयोग गर्ने । किनकी यदि छालामा पसिना रहिरह्यो भने फंगल इन्फेक्शन हुन सक्छ । पसिनाबाछ जोगिनका लागि डिओड्रेंट वा टैलकम पाउडरको प्रयोग गर्ने ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको