काठमाडौं – नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको हो । उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् ।
उनका अनुसार प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । उनी श्रीमति पनि कोरोना संक्रमति भएको बुझिएको छ ।नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दहास्कार गर्ने विश्वक्रमाले बताए ।
उनी ०२०४६ देखि २०४८ सम्म झापा काँग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष भएका थिए ।