आईपीएल : राजस्थानलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लियो

शारजहाँ – दिल्ली क्यापिटल्सले आफ्नो विजय यात्रा कायमै राख्नेक्रममा शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । आफूले खेलेका ६ मध्ये पाँचौं खेलमा विजय हात पार्दै दिल्ली अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

टस हारेपछि ब्याटिङमा आएको दिल्लीले शारजहाँ क्रिकेट रंगशालाको पिच र मैदानअनुसार १८४–८ को औसत स्कोरमात्र बनाउन सकेको थियो । राजस्थानलाई १९.४ ओभरमा १ सय ३८ रनमा अलआउट गरेर दिल्लीले अर्को जित हात पारेको हो । कागिसो राबाडाले ३.४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले २–२ तथा एनरिच नोर्टजे, हर्सल पटेल र अक्षर पटेलले १–१ विकेट लिए ।

राजस्थानका राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४, कप्तान स्टिभ स्मिथले २४ र जोस बटलरले १३ रन बनाए । यसअघि दिल्लीबाट सिमरन हेटमायरले २४ बलमा १ चौका र ५ छक्कासहित ४५, स्टोइनिसले ३० बलमा ४ छक्कासहित ३९, कप्तान श्रेयस ऐरले २२, पृथ्वी शले २०, अक्षरले १७ र हर्सलले १६ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चरले ३ तथा कार्तिक त्यागी, एन्ड्रयु टेइ र टेवाटियाले १–१ विकेट लिएका थिए ।

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको