भान्सामा भएका यस्ता औषधिको प्रयोग गरे कोरोनाले लिँदैन ज्यान

काठमाडौँ – सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ ।

घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ । हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।

हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ । एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ ।

धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन । तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सिफारिस

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु धमाधम निर्माण गरिँदै छ । प्रतिनिधि सभा चुनावको लागि काठमाडौं उपत्यकालगायत देशैभरको विभिन्न मतदानस्थलमा निर्वाचन...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको