सरकारले ल्यायो चाडपर्व मनाउने नयाँ मापदण्ड

काठमाडौँ – सरकारले कोरोना माहामारीका कारण यसको वर्षको दशै तिहार लगायतका चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । सरकारले जारी गरेको मापदण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामक रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ । दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले आग्रह गरेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको १ जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरे ।

पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । यसबर्ष सकेसम्म कुनै कार्यक्रमहरु आयोजना नगर्न पनि आग्रह गरिएको छ । यदि गर्नैपर्ने कार्यक्रमहरु भए पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन समेत आग्रह गरिएको छ । ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन समेत आग्रह गरिएको छ ।

सिफारिस

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)  खेल्ने अष्ट्रेलियाका ब्याट्सम्यान क्रिस लिन नेपाल आइपुगेका छन् । आइतबार सुदूरपश्चिम रोयल्सका प्रतिनिधिहरूले लिनको स्वागत...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

पोखराको पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न...

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका...

धेरै पढिएको