काठमाडौँ – ज्वरो आएपछि शनिबार राति पाटन अस्पतालमा भर्ना भएका शिक्षामन्त्री गिरिराजमणि पोखरेलमा कोरोना संक्रमण देखिएको छ।
शनिबार एक्कसी ज्वरो आएपछि मन्त्री पोखरेलको पाटन अस्पतालमा भर्ना गरिएका मन्त्री पोखरेलमा आइतबार कोरोना देखिएको हो।
मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले मन्त्रीमा कोरोना संक्रमण देखिएको बताए।
उनले अहिले मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको डाक्टरहरुले जानकारी दिएको बताए। उनले मन्त्रीमा कोरोना संक्रमण देखिएपछि सचिवालय र मन्त्रालयका अन्य कर्मचारीको स्वाब परीक्षणको तयारी भइरहेको जानकारी दिए।
त्यस्ते उनले मन्त्री पोखरेलसँग पछिल्लो समय सम्पर्कमा रहेका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरे।
