अमरगढी नगरपालिकाको अवरुद्ध सेवा सुचारु

डम्बर निदाल
डडेल्धुरा – अमरगढी नगरपालिकाको अवरुद्ध सेवा आज वाट सुचारु भएको छ । नगरपालिकाका सबै कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सेवा सुचारु गरीएको हो ।

अमरगढी नगर प्रमुख सहित कुल ११९ जना कर्मचारी र जनप्रतिनिधिहरुको गत शुक्रवार संक्रमित ब्यक्तिसंगको कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएकोमा सबै जना कर्मचारी र जनप्रतिनिधिहरुको रिपोर्ट नेगेटिभ आएको अमरगढी नगरपालीकाले जनाएको छ । साथै परिस्थिति सहज देखिएकोले अवरुद्ध सेवा सोमवार वाट नियमित सुचारु गरीएको समेत नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख गणेश बिष्ट लाई कोरोना पूष्टी भएपछी उनको सम्पर्कमा रहेका हरुको डडेल्धुरा अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

यस अघि अमरगढी नगरपालिकाको कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागी गठित स्थानिय निर्देशक तथा सहजीकरण समितिको आकस्मीक बैठक को निर्णय अनुसार गत बुधवार वेलुका एक सुचना जारी गर्दै यस नगरपालिका कार्यालय र मातहतका कार्यालय वाट प्रदान गरीने आकस्मीक सेवा बाहेक सम्पुर्ण सेवाहरु अर्को सुचना नभएसम्मका लागी बन्द गरीएको अमरगढी नगरपालिकाले जनाएको थियो । नगरपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुखलाई नै कोरोना संक्रमण देखिएपछि अर्को निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय गरिएको थियो ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको