प्रति परिवार १० हजार चाडपर्व खर्च उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेस सम्बद्ध श्रमिक तथा ट्रेड युनियन विभागले नियमित आम्दानी नभएका र विपन्न वर्गका परिवारका लागि चाडपर्व खर्च उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

युनियनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरोनाका कारण नियमित आम्दानी गुमाएका र विपन्न वर्गका परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले चापवर्ड खर्च उपलब्ध गराउन माग गरेको हो । ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाँईले अनौपचारिक तथा औपचारिक क्षेत्रमा कार्यरत निम्न आय भएका श्रमिकको परिवारलाई दशै तिहार, छठ पर्व मनाउन खर्चबापत प्रतिपरिवार १० हजारका दरले व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए ।

विभागले निम्न आय भएका गरिब परिवारको लागत संकलन गरी सामाजिक सुरक्षा भत्ताको रुपमा निर्वाह खर्च वापत प्रतिपरिवार प्रतिमहिना ७ हजारका दरले नगद र तीन महिनालाई पुग्ने गरी खाद्यान्नको व्यवस्था गर्न पनि माग गरेको छ । यस्तै श्रमजीवी पत्रकार ऐन पूर्वरुपमा कार्यान्वयन गर्दै स्वरोजगार मिडियाको प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन सूचना प्रणाली र क्लिनफिड तत्काल लागु गर्न पनि विभागले माग गरेको छ । श्रमजीवी पत्रकारहरुलाई प्रतिमहिना १० हजारका दरले निर्वाह भत्ताको व्यवस्था गर्न पनि हुमागाईले सरकारसँग माग गरिएको बताए ।

विभागले महामारीको समयमा अहिलेसम्म २० अर्ब खर्च गरिएको भनिएकोमा भ्रष्टाचार र अनियमितता गर्ने व्यक्ति, संस्था र पदाधिकारीलाई छानबिनको दायरामा ल्याएर दुरुपयोग रकम असुल उपर गर्ने कानूनी व्यवस्था गर्न पनि माग गरेको छ ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको