सांसदहरूले दिए उपत्यकामा कडा लकडाउनदेखि नाका सिल गर्नेसम्मका सुझाव

काठमाडौँ – दिनमा ४ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिन थालेपछि सांसदहरूले कडा लकडाउनदेखि नाका सिल गर्नेसम्मका सुझाव दिएका छन् ।

मुलुकभर थपिने संक्रमितको संख्यामा लगभग ५० प्रतिशत काठमाडौं उपत्यकाका हुने गरेकाले संक्रमण रोकथामका लागि प्रभावकारी कदम नचाल्ने हो भने अवस्था झनै भयावह हुने उनीहरूको भनाइ छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिका सांसदहरूले उपत्यकाबाहिर नियन्त्रण उन्मुख रहेको संक्रमण काठमाडौंका कारण बल्झिने जोखिम रहेको बताए ।

समितिको सोमबारको भर्चुअल बैठकमा सांसद जीवनराम श्रेष्ठले उपत्यकाबाट मान्छे बाहिर नजाऊन् भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । ‘उपत्यकाबाट मान्छे गए बाहिरको अवस्था झनै भयावह हुन्छ । चाडपर्वका बेला उपत्यकाका नाकालाई सिल गर्नुपर्छ । अति आवश्यक परेकालाई नाकामा क्याम्प राखेर परीक्षण गरेपछि मात्रै आउजाउ अनुमति दिनुपर्छ ।’ सुरुमा गरिएको जस्तो लकडाउनले भने अब कोरोना नियन्त्रणमा सहयोग नगर्ने श्रेष्ठको भनाइ थियो ।

काठमाडौंको कोरोना संक्रमित बाहिरी जिल्ला गएर त्यहाँ संक्रमण फैलाए मुलुकले थेग्न नसक्ने उनले बताए । ‘बाहिरी जिल्लाहरूका अस्पतालमा औषधि र दक्ष स्वास्थ्यकर्मी छैनन्,’ उनले भने, ‘काठमाडौंको स्थिति बाहिरी जिल्लामा आउने हो भने बाटोबाटोमा मान्छे मर्ने अवस्था आउन सक्छ ।’

कांग्रेस सांसद उमेश श्रेष्ठले २० देखि २५ दिन जति कडा लकडाउन लगाउनुपर्ने सुझाव दिए । हालैमात्र कोरोना संक्रमणबाट मुक्त भएका उनले भीडभाड हुने ठाउँका सेवालाई तत्काल बन्द गर्नुपर्ने बताए । ‘भीड हुने ठाउँबाट कोरोना संक्रमण फैलिइरहेको छ । २०–२५ दिन कडा लकडाउन नगर्ने हो भने समस्या हुन्छ,’ उनले थपे, ‘दसैं–तिहारमा मान्छेको आउजाउ बढिरहेको छ । सरकार निर्णय गरेर अगाडि बढ्नुपर्छ ।’

सांसद विद्या भट्टराईले राजनीतिक दलहरूले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने धारणा राखिन् । कोरोना फैलिइरहेको अवस्थामा पनि राजनीतिक दलहरूले ठूल्ठूला कार्यक्रम गरिरहेकामा उनको आपत्ति थियो । ‘सरकारले ल्याएका मापदण्ड जनताका लागि मात्रै होइन, राजनीतिक दलका कार्यकर्तालाई पनि लाग्नुपर्छ,’ उनले भनिन् ।

सांसद नमिता चौधरीले कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको अवस्थामा सरकारले रोकथामको क्षमता पनि बढाउनुपर्ने बताइन् । कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने सामग्री खरिदमा सार्वजनिक खरिद ऐन बाधक भएको गुनासो प्रदेश र स्थानीय सरकारले गरेको उल्लेख गर्दै समिति सभापति जयपुरी घर्तीले संघीय सरकारले उक्त ऐनमा रहेका बाधा फुकाउन अध्यादेश ल्याउनुपर्ने वा बाधा अड्काउ फुकाउको अधिकार प्रयोग गरेर सहज वातावरण बनाउनुपर्ने धारणा राखिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भने सरकारले आफ्नो क्षमताले सकेको काम गरिरहेको बताए । ‘काठमाडौंमा अझै १४ देखि २८ दिनसम्म अहिलेको अवस्था जान सक्छ भन्ने लागेको छ । यो अवस्थामा नै रोक्न सकियो भने न्यूनीकरणमा लैजान सकिन्छ,’ उनले भने । काठमाडौंको संक्रमण बाहिरी जिल्लामा पनि फैलिन थाल्यो भने स्थिति भयावह हुने पोखरेलको पनि भनाइ थियो ।

अब सार्वजनिक गाडीमा सिटभरि यात्रु

चाडपर्वलाई लक्ष्य गर्दै सरकारले सार्वजनिक यातायातका साधनमा सिट क्षमताअनुसारकै यात्रु राख्न दिने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर यात्रुलाई राख्नुपर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । घर जाने यात्रुको चाप हुने भएकाले यातायातका साधनमा केही खुकुलो प्रावधान ल्याइएको एक मन्त्रीले बताए ।

यसअघि थप ५० प्रतिशत भाडा लिएर ५० प्रतिशतमात्र यात्रु राख्न पाउने भनिएको थियो । विमान कम्पनीहरूले उक्त प्रावधान नमानेपछि उनीहरूलाई पूर्ण क्षमतामा यात्रु बोक्न दिइएको थियो । विमानहरूले पूर्ण क्षमतामा बोक्न पाउँदा अन्य यातायातका साधनमा किन नदिने भन्ने प्रश्न उठेको थियो । सिट क्षमताअनुसार यात्रु राख्दा बढी भाडा उठाउन पाउने छैनन् । भारतसँगको सीमा नाकाबाट आउजाउमा कडाइ कात्तिक मसान्तसम्म कायमै रहने भएको छ । मन्त्रिपरिषद्ले नेपाल–भारत सीमा भएर हुने आउजाउमा लगाइएको कडाइलाई लम्ब्याएको हो । कान्तिपुर दैनिकमा जयसिंह महराले खबर लेखेका छन् ।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको