काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता शंकर भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारदेखि ज्वरो आएकाले आइतबार पीसीआर परीक्षण गरेका युवा नेता भण्डारीलाई संक्रमण पुष्टि भएको हो । गत शुक्रबारदेखि होम आइसोलेसनमा बसेको उनको भनाइ छ । साथै नेता भण्डारीले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गर्न आग्रह समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘शुक्रबार देखी मलाई ज्वरो आएर घरमा रेस्टमा छु ! आइतबार PCR गरेको थिए ! आज रिपोर्ट positive आएको छ !’
उनले समाजिक सञ्जालमा थपेका छन्–‘जिउ पुरै दुखेको छ ! राइट साइडको खुट्टादेखिको माथिको भाग दुखेको छ ! 101.2 सम्म आएको छ ! कतिबेला घटेको हुन्छ, कुनै बेला बढेको हुन्छ ! शुक्रबार देखी घरमै आइसोलेसनमा बसेको छु ! म सँग नजिक हुनुभएका, भेट भएका महानुभावहरुले PCR परीक्षण गरी सुरछित बस्नु हुन अनुरोध गरदछु !’