चाडपर्व नजिकिए संगै भिडभाडले निम्त्याउन सक्छ कोरोनाको जोखिम

डम्बर निदाल
डडेल्धुरा – चाडपर्व नजिकिए संगै डडेल्धुरा सदरमुकाम बागबजार लगाएत बजार क्षेत्रहरुमा अहिले दिनप्रतिदिन कोरोनाको जोखिम नै सकिए जस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि संचालन नभएका सवारीसाधन का साथै ब्यापार,ब्यवसाय सबै संचालन भए पछि जिल्लाका विभिन्न स्थान तथा बाहिर जिल्ला वाट समेत सदरमुकाम आउने सर्वसाधरण नागरिक केही दिनयता बजारमा आवतजावतको संख्या बढ्ेकाले बजारमा चलहपहल बढेको हो ।

बजारमा बढ्ेको भिडभाड लाई हेर्ने हो भने अबस्था सामान्य भईसकेको जस्तो देखियपनि अबस्था त्यस्तो नरहेकोले अहिले कोरोना भाईरसको जोखिम कम नभएकाले यस्तो अबस्थामा सबैले सावधानी अपनाउनु पर्ने स्थानियबासी गोबिन्द पाठकले बताए । बजारमा अहिले सर्वसाधारणमा लापरवाही बढ्को छ,सामाजिक दरी कायम गरेको देखिदैन् चाडपर्व नजिकिए संगै बिभिन्न कामले सदरमुकाम आउनेको संख्या बढेको र लकडाउनका बेला नभएका काम अहिले हुन थालेकाले बजारमा भिडभाड हुने गरेको उनको भनाई छ ।

अहिले जिल्ला सदरमुकाम बजार लगायतका क्षेत्र हरुमा सर्वसाधारणको लापरवाही बढ्को छ कोरोना भाईरसको जोखिम कायमै रहेकाले यस्तो अबस्थामा मास्क प्रयोग नगरीकन सवारीसाधनमा होस या पैदल यात्रामा कतै पनि मास्क प्रयोग गरेको पाईदैन् । मास्क नलगाएर हिडडुल गर्ने गरेका छन् । पुर्ण रुपमा मास्क प्रयोग गरेको देखिदैन् ।

जिल्लामा पनि संक्रमित देखापर्ने क्रम जारी नै रहेकाले जोखिम कम भयो भन्ने अबस्था छैन । चाडपर्व नजिकिदै गए पछि यस्तो अबस्थामा बजार क्षेत्रमा भिडभाड हुनाले जोखिम झन बढ्न सक्ने भएकाले यस लाई लापरवाहीका रुपमा नलिन र सबैले सुरक्षाका उपायहरु अपनाउनुपर्ने स्थानियवासी राजु पाठकले बताए ।

कोरोनाको जोखिम कायमै रहेकाले सबैले सावधानी अपनाउनु जरुरी रहेको छ । कोरोना भाईरसको अन्त्य भइसकेको छैन । चाडपर्वको समय र लकडाउनका बेला गर्न नपाएका कामहरु यतिबेला भईराखेका हुनाले बजार क्षेत्रमा जताततै भिडभाड देखिएको छ । बजारमा खुलेका विभिन्न पसलमा भिडभाड हुने क्रम बढ्दै गए पनि सुरक्षा विधि नअनाई कामहरु भईराखेका छन् । सामाजिक दूरी कायम समेत भएको पाइँदैन ।


कोरोनाबाट आफू जोगिन र अरुलाई जोगाउन भौतिक दूरी कायम राख्ने, सरसफाइमा ध्यान दिने, साबुनपानीले हात धुने, मास्क लगाउने, लगायतका क्रियाकलाप गरेमा जोखिम न्यूनीकरण हुनसक्ने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि तत्काल कोरोनाको सङ्क्रमणबाट मुक्त हुने अवस्था नरहेको बताउँदै आएको छ । कोरोना भाइरसको संक्रमण बाट बच्नका लागि सबैभन्दा पहिला व्यक्तिगत सावधानी नै महत्वपूर्ण रहेको छ ।

नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट समेत कोरोनाबाट बच्नका लागि विभिन्न सावधानी अपनाउन आग्रह गर्दै आए पनि सर्वसाधारणले भने यस्ता उपायहरु लागू नगर्दा जोखिम बढ्दै गएको स्थानियवासीको भनाई छ ।
ब्यापार, व्यवसाय, संचालन भए तर, सुरक्षाको सावधानी भने काहीकतै देखिदैन संचालन गरिएका ब्यापार , व्यवसाय पनि निर्वाध रूपमा बिनासुरक्षा संचालनमा आइरहेका छन् । तर सुरक्षाको जिम्मा पाएका निकायहरू नै कडा रूपमा प्रस्तुत नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ । कोरोना भाईरसका कारण एकपछि अर्को मृत्यु भएका खवरहरु आईरहेका छन् तरपनि नागरिक सतर्कतामा कुनै सुधार नहुदा थप जोखिम बढ्दै गएको छ ।

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे कार्यकालमा मन्त्रालयले उल्लेखनीय नीतिगत सुधार, कानुनी पूर्वाधार विकास, विद्युत् उत्पादन–प्रसारण विस्तार तथा अन्तरदेशीय ऊर्जा व्यापारमा...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता ‘फोटोनेपाल’ को मे–जुन संस्करणका विजेताहरू घोषणा गरिएको छ। प्रतियोगितामा २४१ वटा तस्बिर प्राप्त...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

धेरै पढिएको