काठमाडौं – आज पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ भने अन्य भूभागको मौसम सफा रहने जनाइएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र हाल भारतको तेलंगानामा रहेको छ भने कमजोर हुंदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्ने क्रममा रहेको देखिएको छ ।
आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा मौसम सफा रहनेछ । त्यस्तै प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको छ।
आज राति पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा बदली रही एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ भने बाकीँ भू-भागको मौसम सफा रहने जनाइएको छ ।
