काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्।
त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।
प्रधानमन्त्री ओलीले अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिएर रक्षा मन्त्रालय आफैसँग राखेका छन्।