रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर किन हटाइए ईश्वर पोखरेल ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन्।

त्यसैगरी बुधबार ओलीले अर्थ मन्त्रालयमा विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिरहका लिलानाथ श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

रक्षामन्‍त्री पोखरेलको भूमिकाप्रति नेपाली सेना असन्तुष्ट थियो। फास्टट्रयाक, मेडिकल खरिद, हतियार आपूर्ति लगायतका विषयमा रक्षामन्‍त्रीबाट अनावश्यक हस्तक्षेप र चलखेल गरेको भन्दै सैनिक नेतृत्वले प्रधानमन्‍त्री केपी ओलीसमक्ष असन्तुष्टि जनाएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलले सेनालाई अपमान र असहयोग गरेको गुनासो प्रधामन्त्रीसँग गरेका थिए । उनको हस्तक्षेपकारी भूमिकाका कारण स्वतन्‍त्र र व्यवसायिक ढंगले काम गर्न समस्या भएको सेनाको भनाइ थियो ।

मेडिकल खरिद प्रकरणदेखि रक्षामन्‍त्रीसँग जंगीअड्डाको सम्बन्ध अलि चिसिएको थियो । हतार हतारमा सेनालाई मेडिकल खरिदमा सामेल बनाएर फसाएको निश्कर्षसहित सेना यो प्रक्रियाबाट बाहिरिएको थियो । सेनालाई विश्‍वासमा लिएर काम गर्न नसकेको भन्दै प्रधानमन्‍त्रीले पनि रक्षामन्‍त्रीको भूमिकाप्रति अप्रशन्‍नता व्यक्त गर्दै आएका थिए ।

गत साउन १५ गते रक्षा मन्‍त्रालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा फास्टट्रयाकको प्रसंगमा रक्षामन्‍त्रीले गरेको टिप्पणी आपत्तिजनक र अपमानजनक रहेको गुनासो सेनापतिले प्रधानमन्‍त्रीसमक्ष गरिसकेका थिए ।

उक्त कार्यक्रममा रक्षामन्‍त्री पोखरेलले सेनाको कार्यशैलीलाई हिन्दी उखान ‘लकिरका फकिर’ सँग तुलना गर्दै टिप्पणी गरेका थिए । फास्टट्र्याक निर्माणमा भइरहेको ढिलाइ प्रसंगमा उनको यस्तो टिप्पणी थियो ।

अवकासप्राप्त सेनाका पूर्वउच्च अधिकृतले समेत रक्षामन्‍त्रीको यो टिप्पणी आपत्तिजनक र अशोभनीय रहेको बताएका थिए ।

फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले प्रशासनिक जटिलता, केही स्थानमा देखिएको राजनीतिक विरोध र अवरोध, परामर्शदाता छनोटमा ढिलाइ, राजनीतिक तहबाट प्रभावकारी समन्वय र सहयोगको अभाव लगायतका कारणले गर्दा अपेक्षित प्रगति हुन नसकेको बताउँदै आएको छ।अन्नपूर्णबाट

सिफारिस

कात्तिक २६ देखि दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप हुने 

काठमाडौं - द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ । च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको...

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

धेरै पढिएको