कोरोना संक्रमण बढ्दै गएको भन्दै दसैं बिदा घटस्थापनादेखि नै दिन सुझाव

काठमाडौँ – विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई घटस्थापना (१ कात्तिक) देखि नै दसैं बिदा दिन सुझाव दिएका छन्।

सरकारको नियमित दसैं बिदा ७ कात्तिक (फूलपाती) देखि ११ कात्तिकसम्म मात्र छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सचिवहरुले यस वर्ष लामो दसैं बिदा दिन सुझाब दिएका हुन्।

प्रधानमन्त्रीका सल्लाहकार र मन्त्रीहरूलाई समेत संक्रमण भएपछि विभिन्न मन्त्रालयका सचिवहरूले मुख्य सचिव शंकर बैरागीलाई भेटेर यस्तो सुझाब दिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

लामो दसैं बिदा हुँदा कोरोना संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने विश्वाससहित यस्तो सुझाब दिइएको एक सचिबले बताए। ‘हामीले दसैंमा घटस्थापनादेखि बिदा दिन सुझाब दिएका छौं। कुनै निर्णय भइसकेको छैन,’ उनले भने, ‘संक्रमणलाई रोक्न यो पनि एउटा विकल्प हुनसक्छ।’

यसकारले यस वर्ष दसैंलगायत चाडपर्व आफू रहेकै ठाउँमा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर मनाउन आग्रह गर्दै आएको छ। दसैं नजिकै आइसक्दा पनि यस वर्ष विगत वर्षजस्तो बजारमा चहलपहल छैन।

सिफारिस

१२ औं म्युजिक खबर म्युजिक अवार्डः गीतकार यादव खरेलदेखि फोटो पत्रकार प्रदीपराजसम्म सम्मानित हुँदै 

काठमाडौं - म्यूजिक खबर म्यूजिक म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा मंगलबार बसेको बैठकले २०७९ मा एसएसपी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त

सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर...

जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित

काठमाडौं - “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित...

असई कुन्जाङले गरिन् सगरमाथा आरोहण

नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा...

धेरै पढिएको