काठमाडौं – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गरेका छन् ।
बुधबार अर्थमन्त्री नियुक्त भएका उनले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार गरेका हुन् । उहाँले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ ।
पदभारपछि मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन दिएका छन् । उनी दोस्रोपटक अर्थमन्त्री भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि उनीअर्थमन्त्री भएका थिए ।
