काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले बढेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
