किर्तिपुरका एक युवकलाई कोरोना देखिएपछि केही पसल सिल

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको किर्तिपुरका एकजना युवकमा शुक्रवार कोरोना संक्रमण भेटिएपछि किर्तिपुर बजार का केही पसल सिल गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण का लागी अमरगढी नगरपालिका वडा नं.८ को निर्णय अनुसार तल्लो किर्तिपुर बजार क्षेत्र दान बहादुर महरको पसलदेखी हरी प्रतिक्षालयसम्मको दायाँबायाँ दुबै पट्टिको बजार क्षेत्र लाई सिल गरिएको अमरगढी नगरपालिका वडा नं. ८ को कार्यालयले जनाएको छ ।

अर्को सुचना जारी नभएसम्मका लागि शुक्रवार देखी अनिश्चित समयका का लागि उक्त क्षेत्रमा पर्ने व्यापार व्यवसाय सबै बन्द रहने गरि सिल गरिएको र सो क्षेत्र सिलका लागी सहयोग गरीदिन हुन सरोकारवालाहरु सबैमा अपिल गरेको वडा नं. ८ का सचिव खडक बोहराले जानकारी दिएका छन् ।

समाजको सुरक्षाको लागी अर्को सुचना जारी नभएसम्मका उक्त क्षेत्रलाई सिल गर्ने निर्णय गरीएको अमरगढी नगरपालिका वडानं.८ का अध्यक्ष नर बहादुर साँकीले बताए ।

यसका साथै अमरगढी नगरपालिका वडा नं.८क्षेत्रमा सार्वजनिक भेला गरी कुनै पनि कार्यक्रम नगर्न नगराउन अनुरोध गरेको छ । साथै संक्रमित ब्यक्ति संग सम्पर्कमा आएका ब्यक्तिहरुले सुरक्षित रही सुचना प्रकासितको ७ दिन पछि पिसिआर टेस्टका लागी अमरगढी नगरपालिकाको कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

शुक्रवार डडेल्धुरा अस्पतालमा रहेको कोरोना परिक्षण प्रयोगशालामा भएको परिक्षणमा उनीमा कोरोना पुष्टि भएको हो । संक्रमित युवकलाई आफ्नै घरमा होम आइसोलेसनमा राखिएको छ । उनकोे स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको