नेपाल विद्यार्थी संघ डडेल्धुराले बुझायो ज्ञापन पत्र

डम्बर निदाल
डडेल्धुरा – नेपाल विद्यार्थी संघ डडेल्धुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
सरकारी सवारीसाधनको दुरुपयोग रोक्नु पर्ने दशै तिहार को वेला हुने जुवातास तथा गाउँघरमा मदिरा विक्रिवितरण गर्ने तथा कालोवजारी गर्ने लाई कारवाहीको दायरामा ल्याउनु पर्ने तथा चाडपर्वको वेला सुरक्षा व्यवस्था कडा मिलाउनु पर्ने माग सहित नेपाल विद्यार्थी संघ डडेल्धुराले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

डडेल्धुरा जिल्लामा सरकारी सवारी साधनहरुको चरम दुरुपयोग भइरहेको र तत्काल उक्त गतिबिधि रोक्न माग गर्दै नेविसंघले श्ुक्रबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई ज्ञापन पत्र बुझाएको हो ।

सरकारी कामवाहेक व्यक्तिगत कामका साथै अन्य क्रियाकलापमा समेत सरकारी सवारी साधनहरु दुरुपयोग गरिएको भन्दै यथाशिघ्र यस्ताप्रकारका गतिविधी रोक्न अल्टिमेटमसहित प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाइएको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघ डडेल्धुराका नेता जगत ऐरले बताए ।
स्थानीय प्रशासनले कुनै कदम नचाले नेपाल विद्यार्थी संघले दुरुपयोग गरिएका सरकारी सवारी साधनहरु कब्जामा लिएर प्रमाणसहित कारवाहीका लागि स्थानीय प्रशासन समक्ष पेश गर्ने नेपाल विद्यार्थी संघ डडेल्धुराले जनाएको छ ।

सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न ढिलाई गरेमा नेपाल विद्यार्थी संघ डडेल्धुराले त्यस्ताकिसिमका क्रियाकलापमा संलग्न ब्यक्तिहरुलाई समातेर स्थानीय प्रशासनमा प्रमाण सहित कारवाहीका लागि पेश गर्ने ज्ञापनपत्र मार्फत चेतावनी दिएको छ ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको