डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा डडेल्धुराका ४ सहित सुदुरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ६२ नमुनाहरु परिक्षण भएको जसमध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएकोे र १ सय ५४ नमुना नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पताल प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले डडेल्धुराका ४ जना, दार्चुलाका १जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
आईतवार अस्पतालले सार्वजनिक गरेको सुचना अनुसार डडेल्धुराको जिल्लाको अमरगढी नगरपालिका—५ का १ जना,नवदुर्गा गाउँपालिका—२ का १ जना,गन्यापधुरा गाउँपालिका—३ का १ जना र डडेल्धुराकै भागेश्वर गाउँपालिका—१ का १ जनामा कोरोना पुष्टि भएको छ । त्यसै गरी दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी बैतडी जिल्लाको मेलौली नगरपालिकाका २ जना,र शिवनाथ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचनामा उल्लेख गरीएको छ ।
