काठमाडौँ – कार्तिक महिनाको पहिलो कारोबार दिन सुनको मूल्य ओरालो लागेको छ । कार्तिक २ गते, आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन असोज ३० गते सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यसदिन चाँदी शुक्रबारकै मूल्य प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया