रामेछाप- रामेछाप जिल्लामा गत १ महिना भित्र १७ सय सवारी साधनलाई कारबाही गरिएकाे छ । नेपाल सरकारले असाेज २ गतेबाट सार्वजनिक यातायात संचालनकाे अनुमति दिए यता मापदण्ड विपरीत संचालन गरिएका १७ सय सवारीसाधनलाई कारबाही गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।

नेपाल सरकारले गत असाेज २ गतेबाट सार्वजनिक यातायात संचालनकाे अनुमानि दिएकाे थियाे । काेराेना महामारीका बिच लकडाउनलाइ खुकुलाे पार्दै सरकारले असाेज २ गते देखि सार्वजनिक यातायात संचालनमा ल्याएकाे हाे । काेराेना संक्रमणकाे जाेखिम कायमै रहेकाे हुदा सरकारले स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाएर मात्र यातायात संचालनमा ल्याउने दिइएकाे थियाे ।

त्यसै अनुसार ताेकिएकाे स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत संचालन भएका १७ सय सवारी साधनलाई कारबाही गर्दा १६ लाख ५४ हजार राजस्व संकलन भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले बताए ।

यसै गरि चाडपर्वकाे समय सुरु भएकाे हुदा सवारी साधन चेकजाँचमा थप कडाइ गरिने समेत डिएसपी पाठकले बताए । चाडपर्वकाे बेला यात्रुलाई ठग्ने , बडी भाडा लिने, नियम मिचेर मापदण्ड विपरित सवारी चलाउनेलाइ कारबाही गरिने पाठकले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया