काठमाडौं – सरिता प्रजापतिको नयाँ तीज गीत बजारमा सार्वजनिक गरिएको छ । ‘तीजमा बबाल मच्चाउँछु’ बोलको गीत बजारमा आएको हो ।
प्रजापतिको स्वरमा रहेको गीतमा दिनेश कडेलको शब्द र अनिस श्रेष्ठको संगीत रहेको छ । दिपिका, सरु र रोमाको अभिनय गरेको गीतको सुमन जंग केसीको निर्देशन रहेको छ ।
विगत लामो समयदेखि सांगितिक क्षेत्रमा अहोरात्र लागिरहेकी गायिका प्रजापतिको यो गीत अत्याधिक सफल हुने अनुमान गरिएको छ ।