बेपत्ता प्रहरी जवान साउद मृत फेला, १६ जना पक्राउ

गस्तीमा गएका वेला शनिबारदेखि बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव मंगलबार फेला परेको छ ।

प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव भेटिएको स्थानभन्दा करिब तीन सय मिटर पर मोहना नदीको बीचभागमा साउदको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट इन्चार्ज विक र प्रहरी जवान साउद शनिबार राति साढे आठ बजेतिर मोटरसाइकलमा सँगै गस्तीमा निस्केका थिए । त्यही राति दुवैजना बेपत्ता भएकोमा विकको शव आइतबार धनगढी–१०, वनकट्टीघाटस्थित नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा फेला परेको थियो ।

धारिलो हतियारले घाँटी रेटेर हत्या गरी नदीमा फालिएको अवस्थामा उनको शव फेला परेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले साउदको शव नदीको बीचभागमा बालुवामुनि च्यापिएको अवस्थामा फेला परेको बताए । घाँटीमा धारिलो घरेलु हतियारको चोट रहेकोले साउदको पनि पनि हत्या भएको सिंहले बताए ।

तस्करको समूहले राति गस्तीमा गएका प्रहरीको हत्या गरेको खुलेको प्रहरी स्रोतले जनाएको छ । भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकारेका छन् ।

दुवैजनालाई नाकानजिक रहेको उखुबारीको छेउमा हत्या गरेर नदीमा फालेको खुलेको प्रहरी स्रोतको भनाइ छ ।

अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न भएको आशंकामा १६ जनालाई प्रहरीले नियन्त्रण लिएको छ ।

अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले बताए । उनका अनुसार प्रहरी सफलता नजिक छ । ‘घटनामा अन्य पनि संलग्न भएको हुनसक्ने भएकाले थप अनुसन्धान चलिरहेको छ,’ सुवेदीले भने, ‘गहन अनुसन्धान चलिरहेको छ, हामी केही समयमै दोषीमाथि कारबाही गर्छाैं ।’

घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ । हत्यामा संलग्न केही फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको