शनिबार ‘अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१९’ हुँदै

काठमाडौं – शैक्षिक परामर्श क्षेत्रमा ख्यातीप्राप्त इ प्लानेटले ‘अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१९’ आयोजना गर्ने भएको छ ।

एजुकेशन प्लानेटको रुपमा परिचित इप्लानेटले आगामी साउन ४ गते शनिबार (२० जुलाई २०१९) शनिबारका दिन अष्ट्रेलियन युनिभर्सिटीज फेयर आयोजना गर्न लागेको हो । मेला इप्लानेटको कार्यालय बागबजारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।

मेलामा अष्ट्रेलियाका २० भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । मेलामा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस), युनिभर्सिटी अफ वोल्लोङगोङ अष्ट्रेलिया, एलए ट्रब युनिभर्सिटी, युनिभर्सिटी अफ तास्मानिया, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (आइसियू), वेस्टर्न सिड्नी युनिभर्सिटी, चाल्र्स स्टर्ट युनिभर्सिटी, फेडेरेशन युनिभर्सिटी, टरेन्स युनिभर्सिटी, साउथर्न क्रस युनिभर्सिटी, यूटिएस इन्सर्च युर्निभर्सिटी अफ टेक्नोलोजी, टाफेसा युर्निभर्सिटी, एक्सेलसिया कलेज, नाभितास कलेज, केन्ट इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी, इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्ट (आइसिएचएम) कलेज, एडिथ कोवान कलेज, अष्ट्रेलियन टेक्निकल एण्ड म्यानेज्मेन्ट कलेज, द होटल स्कुल, म्याक्ले कलेज, एनएलआइसीसी कलेजलगायतको सहभागिता रहनेछ । मेला यी कलेजहरुले विशेष छात्रवृत्तिहरु पनि प्रदान गर्नेछ ।

मेलामा जाने अवलोकनकर्ताहरुलाई आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था पनि गरिएको छ । मेला अवलोकन गर्नेमध्ये एक जनालाई स्मार्टफोन उपहारस्वरुप प्रदान गरिने छ । मेलाका लागि इप्लानेटको वेबसाइटमा गई नाम दर्ता गराउँदा २ सय रुपैंया बराबरको रिचार्ज पनि प्रदान गरिने छ ।

१४ बर्षदेखि सक्रिय इप्लानेटलाई वैदेशिक अध्ययनका लागि सही परामर्श दिने गणतब्यका रुपमा चिनिन्छ । इप्लानेटले अष्ट्रेलियाका ३५ भन्दा बढी युनिर्भसिटी तथा कलेजहरुसँग प्रत्यक्ष समन्वय गरी नेपाली विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आईरहेको छ । इप्लानेटले आइइएलटिएस र पिटिइको कक्षा पनि संचालन गर्दै आएको छ । जसमा २५ वर्ष भन्दा बढी अनुभव भएका परामर्शदाताहरुद्वारा प्रशिक्षण दिईन्छ ।

यसका साथै इप्लानेटले नियमितरुपमा एजुकेशन फेयरहरु, सेमिनारहरु आयोजना गर्नुका साथै करियर काउन्सेलिङ् पनि दिंदै आएको छ । यसका साथै इप्लानेटले फि वाइभर्स, विभिन्न छात्रवृत्ति, वान टु वान काउन्सिलिङ तथा बैंकिङ परामर्शहरु पनि प्रदान गर्दै आएको छ ।

इप्लानेटको अष्ट्रेलियाको सिड्नी, एडिलेड, पर्थमा शाखा कार्यालयहरु संचालनमा छन् भने नेपालको पोखरा, चितवन, बुटवल, कावासोतीलगायतका ठाउँहरुमा शाखा कार्यालयहरु संचालनमा छन् ।

इप्लानेटले अहिलेसम्म एक हजार पाँच सय भन्दा बढी विद्यार्थीहरुलाई परामर्श प्रदान गरिसकेको छ ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको