मास्क नलगाउनेलाई २ वर्ष जेल सजाय

कोरोना संक्रमण फैलिएयता धेरैजसो देशमा मास्क अनिवार्य गर्न थालिएको छ। त्यसका लागि कतिपय देशमा दण्डनीय नीति नै बनाउन थालिएकाे छ।

यसै क्रममा इथोपियामा मास्क नलगाउनेलाई २ वर्ष जेल सजाय हुने नयाँ कानुन जारी गरिएकाे छ। कोरोना संक्रमण रोक्ने महत्वपूर्ण उपाय भएकाे भन्दै त्यहाँकाे सरकारले मास्क अनिर्वाय गराएकाे हाे।

याे नियम पालना नगर्ने नागरिकलाई सचेत तुल्याउन दण्ड/सजाय व्यवस्था गरिएकाे इथोपियाले जनाएको छ । इथोपियाका महान्याधिवक्ताले सीएनएनसँग आपतकालीन अन्त्य घोषणा गरिए पनि मास्क लगाउन अनिवार्य गरिएको बताएका छन्।

उनका अनुसार कुनै पनि नागरिकले हात मिलाउन र मास्क नलगाई सार्वजनिक स्थानमा घुमफिर गर्न पाउने छैनन्। सार्वजनिक स्थान वा होटललगायतका ठाउँमा बस्दा व्यक्ति-व्यक्तीबीच कम्तीमा ६ फिट दूरी कायम गर्नु पर्नेछ।

अफ्रिकी मुलुकमा दोस्राे ठूलो जनसंख्या भएको इथोपियाले गत अप्रिलमा कोरोना संक्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गरेको थियो। तर गत सेप्टेम्बरमा याे हटाएकाे थियाे। इथोपियामा हालसम्म ९१ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने १ हजार २ सय ८४ जनाको मृत्यु भएको छ। एजेन्सी

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको