मास्क नलगाउनेलाई २ वर्ष जेल सजाय

कोरोना संक्रमण फैलिएयता धेरैजसो देशमा मास्क अनिवार्य गर्न थालिएको छ। त्यसका लागि कतिपय देशमा दण्डनीय नीति नै बनाउन थालिएकाे छ।

यसै क्रममा इथोपियामा मास्क नलगाउनेलाई २ वर्ष जेल सजाय हुने नयाँ कानुन जारी गरिएकाे छ। कोरोना संक्रमण रोक्ने महत्वपूर्ण उपाय भएकाे भन्दै त्यहाँकाे सरकारले मास्क अनिर्वाय गराएकाे हाे।

याे नियम पालना नगर्ने नागरिकलाई सचेत तुल्याउन दण्ड/सजाय व्यवस्था गरिएकाे इथोपियाले जनाएको छ । इथोपियाका महान्याधिवक्ताले सीएनएनसँग आपतकालीन अन्त्य घोषणा गरिए पनि मास्क लगाउन अनिवार्य गरिएको बताएका छन्।

उनका अनुसार कुनै पनि नागरिकले हात मिलाउन र मास्क नलगाई सार्वजनिक स्थानमा घुमफिर गर्न पाउने छैनन्। सार्वजनिक स्थान वा होटललगायतका ठाउँमा बस्दा व्यक्ति-व्यक्तीबीच कम्तीमा ६ फिट दूरी कायम गर्नु पर्नेछ।

अफ्रिकी मुलुकमा दोस्राे ठूलो जनसंख्या भएको इथोपियाले गत अप्रिलमा कोरोना संक्रमण नियन्त्रणका लागि आपतकाल घोषणा गरेको थियो। तर गत सेप्टेम्बरमा याे हटाएकाे थियाे। इथोपियामा हालसम्म ९१ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने १ हजार २ सय ८४ जनाको मृत्यु भएको छ। एजेन्सी

सिफारिस

रातको १२ बजेसम्म होटल सञ्चालनको अनुमति दिन माग गर्दै सीडीओलाई व्यवसायीको ज्ञापनपत्र

काठमाडौँ - राजधानीका होटल व्यवसायीले प्रहरीले राती होटल १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थल जबरजस्ती बन्द गराउँदै हिँडेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग गुनासो...

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा अवस्थित छ। यो गाउँ पोखराबाट करिब ५८ किलोमिटर टाढा, समुद्र सतहबाट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार फणि महतको निधन

रौतहट - रौतहटका वरिष्ठ पत्रकार फणिदेव महतको निधन भएको...

सिरुबारी: नेपालको पहिलो सामुदायिक होमस्टे गाउँ (तस्वीरहरू)

सिरुबारी नेपालका चर्चित सामुदायिक होमस्टे गन्तव्यहरूमध्ये एक हो, जुन...

उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ - जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको...

प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

धेरै पढिएको