काठमाडौँ – पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषदको अध्यक्षमा डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।  शुक्रबार गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको भट्टराईले सामाजिक संजाल ट्विटर मार्फत जानकारी गराएका छन् ।

उनले आफुहरु चिकित्सकहरूको सल्लाह बमोजिम होम आइसोलेसनमा रहेको र केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह समेत गरेका छन्।

भट्टराई केही दिन पहिले तराईका जिल्लामा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका थिए । भीडभाड गरेकाे भन्दै आलोचना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया