खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।

सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

यसको चौतफी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघोषणा गरे निःशुल्क हुने भन्दै बचाउ गरेको थियो । तर आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का कोअर्डिनेटर डा. गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट बञ्चित गरेको गुनासो आएको बताएका छन् ।

गरिब, विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वंयम जिम्मेवार हुने बताएका छन् ।

उनले सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पताल तथा मेडिकल कलेजहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ ।’

हेर्नुहोस् विज्ञप्ति

सिफारिस

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

धेरै पढिएको