प्रेमिकाको विषयमा विवाद हुँदा भक्तपुरमा एक भारतीय नागरिकको हत्या, २ जना पक्राउ

भक्तपुर – भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ। उत्तरप्रदेश घर भई भक्तपुर नगरपालिका-१ ईटापा बस्दै आएका ३५ वर्षीय शाहिव हुसैनको हत्या भएको प्रहरीले जनाएको छ।

उनको शव आइतबार बिहान पौने आठ बजे ईटापाको प्लानिङ नरकटघारी खोल्सामा फेला परेको थियो। हुसैनको टाउको र अनुहारमा चिन्न नसिकने गरी चोट लागेको थियो। पहिले उनको सनाखत भने भइसकेको थिएन। पछि प्रहरीले दुई वटा तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अघि बढाएको थियो।

महानगरीय अपराध महाशाखा र परिसरको संयुक्त टोलीले अनुसन्धान गर्दा उनी सोही ठाउँको दुवाल मेटल कारखानमा पित्तलको भाँडा बनाउने काम गर्ने खुलेको थियो। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार यस घटनामा संलग्न देखिएपछि उत्तरप्रेदशकै २३ वर्षीय सलमान खान र १९ वर्षीय सानु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरू दुवै जना हुसैनसँगै कारखानामा काम गर्थे। प्रहरीले उनीहरू दुवैलाई नियन्त्रमणमा लिई अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा उनीहरूको कोठामा प्रहरीले खनतलासी गरेको थियो। जहाँबाट रगत लागेको लुगा र जुत्ता फेला परेको थियो।

प्रवक्ता गिरीका अनुसार उनीहरू तीनै जना शनिबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी बेलुकी ९ बजे कारखाना फर्किने क्रममा नरकटघारी पुगेपछि सानु अन्सारीको प्रेमिकाको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो। हुसैनले प्रेमिकाको विषयमा अनुचित बोलेपछि झगडा भएको थियो।

‘प्रेमिकालाई कोठीमा पुर्‍याइदिन्छु भनेर अनेक भनेछन्, त्यसैले उनीहरूले हत्या गरे,’ प्रवक्ता गिरीले भने।

सोही बेला खान र अन्सारीले हुसैनको अनुहार र टाउकोमा ढुंगाले हिर्काएका थिए। साथै उनीहरूले हत्या गरी उक्त शवलाई खोल्सालाई फालेर गएका थिए।

पोष्टमर्टमको लागि शव भक्तपुर अस्पतालमा राखिएको छ।

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको